Purwanchal.com

Purwanchal.com

गल्लीमा खुलेको मःम पसल बन्यो हिट ब्रान्ड, शाखा ९ वटा

हरेक ब्रान्डको आफ्नो आयु हुन्छ। हजुरबुबाको पालामा ख्याति कमाएको ब्रान्ड नातिको पालासम्म आइपुग्दा बन्द भइसकेको हुनसक्छ, वा बन्द नभए पनि लोकप्रियता घटिसकेको हुनसक्छ। यस्ता उदाहरण हामी धेरै भेट्छौं। केही ब्रान्ड भने यस्ता हुन्छन्, जुन हजुरबुबादेखि नातिसम्म आइपुग्दा पनि त्यसको ख्याति घटेको हुँदैन, बरू झन् झन् बढेको हुन्छ। तिनैमध्ये एक हो, नारायण…

खेर जाने कपडाका टुक्राबाट दिदीबहिनीले सुरू गरेको ‘हिसी’

गर्न चाह्यो भने बाल्यकालको रूचिलाई पनि राम्रो व्यवसाय बनाउन सकिन्छ। यसको उदाहरण हुन् काठमाडौंका नेहा श्रेष्ठ र रक्षा श्रेष्ठ। बाल्यकालदेखि नै यी दिदीबहिनीको रूचि कला र सिर्जनामा थियो। नेहा फुर्सदमा कागजका फूल बनाउँथिन्। त्यसमा पेन्सिलको डाँठ राखेर ‘रोज पेन्सिल’ बनाउँथिन् र स्कुलका साथीहरूलाई बेच्थिन्।…

एक हजारमा निर्माले थालेको ‘कुन्डल’, भन्छिन्- माग धेरै छ!

थोरै लगानी र थोरै परिमाणमा नै सही, आफ्नो रूचिको व्यवसायले छिट्टै अघि बढाउँछ भन्ने दृष्टान्त हुन् निर्मा नकर्मी। उनी सियोले धागोमा पोते उनेर आकर्षक डिजाइनका ‘इम्ब्रोइडरी इयररिङ’ अर्थात् कानमा लगाउने झुम्का बनाउँछिन्। आफ्नै डिजाइनमा तयार भएका झुम्का बजार उनले ‘कुन्डल नेपाल’ ब्रान्ड नाममा…

दुई साथीले ल्याएको ‘गज्जबको स्न्याक्स’, डेढ वर्षमा ८ वटा पसल

अधिकांश तन्नेरी युवालाई मनपर्ने स्न्याक्स हो चिप्स। सादा होस् वा नुनिलो वा जिब्रो रन्थनाउने पिरो, सबै स्वादका पारखी छन्। कक्षामा लुक्दै खानदेखि फिल्म हेर्दा, सानोतिनो पार्टीमा, कतै घुम्न जाँदा, बाटामा हिँड्दासम्म नयाँ पुस्ता करक्क पार्दै चिप्स टोक्न रूचाउँछ। पहिले पहिले बजारमा विदेशी…

दुई साथीले ५ लाखमा सुरू गरेको ‘यात्रा’

विद्यार्थी जीवनमा धेरै साथीहरू भेटिन्छन्। पढाइ पूरा भएपछि सबै आ-आफ्नै यात्रामा अघि बढ्छन्। कतिपयको मित्रता भने संयुक्त यात्राको सारथि भइदिन्छ। काठमाडौंका सायशा लुइँटेल र रेश्मा सञ्जेल यस्तै साथी हुन्। उनीहरू अहिले व्यवसायको एउटै यात्रामा छन्। कलेज पढ्दा बनेको मित्रताले उनीहरूलाई उद्यमी बनाएको…