प्लस–साइजमा केन्द्रित ‘जोमो विमेन्स वेयर’: निशा बोहोरा र अजय उदासको सफल पाँच वर्षको यात्रा

निशा बोहोरा र अजय उदास व्यावसायिक साथी हुन्। उनीहरू पाँच वर्षदेखि लुगाको ब्रान्डमा काम गरिरहेका छन्।

ब्रान्ड नाम हो — जोमो विमेन्स वेयर

जोमोको विशेषता ‘प्लस साइज’ का लुगा हुन्। शरीर ठूलो हुनेका लागि उपयुक्त लुगा यहाँ पाइन्छन्।

निशा आफैले पनि आफ्ना लागि मिल्दा लुगाकपडा नभेटेर हैरानी खेपेकी थिइन्। त्यसैले पाँच वर्षअघि उनले जोमो सुरू गरेकी हुन्।

‘कपडा मनपरे पनि साइज नपाउने वा नमिल्ने समस्या धेरै महिलाले भोग्छन्,’ निशाले भनिन्, ‘म आफैले पनि यो समस्या झेल्नुपरेको थियो।’

जोमोमा साना साइजका लुगा पाइँदैनन्। लार्ज (L), एक्स्ट्रा लार्ज (XL), टू/डबल एक्सएल (XXL) र थ्री/ट्रिपल एक्सएल (XXXL) का क्याजुअल लुगा पाइन्छन्।

‘अरू साइजका लुगा जहाँ पनि सजिलै भेटिन्छन्,’ निशाले भनिन्, ‘जुन सजिलै पाइँदैन, त्यो जोमोमा पाइन्छ।’

जोमोमा सबै मौसमका लागि उपयुक्त लुगा पाइन्छ। कपडा पनि त्यही अनुसार छनोट गरिन्छ। कटन, सिफन, जर्जेट, सिन्थेटिक लेदर, भेलभेट लगायत कपडाको लुगा बन्छ।

सबभन्दा बढी बिक्ने टि–सर्ट, पाइन्ट, स्वेटसर्ट हो।

jomo-womens-wear2-1764429665.jpg
jomo-womens-wear8-1764429667.jpg

यहाँका उत्पादनका सबैजसो डिजाइन आफूहरूले नै गरेको र अरूभन्दा केही नयाँ भएको उनको भनाइ छ।

उनीहरू हाल सातामा कम्तीमा तीन वटा डिजाइन निकाल्छन्। यसका लागि तीन महिनाअघि नै योजना बनाएर अघि बढ्नुपर्ने निशाले बताइन्।

जुनसुकै डिजाइन पनि सुरूमा थोरै संख्यामा उत्पादन गर्छन्। त्यसलाई सामाजिक सञ्जालमा प्रचार–प्रसार गर्छन्। ग्राहकको प्रतिक्रिया राम्रो आएमा तुरून्तै लुगा थपिहाल्छन्।

यहाँ नौ सय रूपैयाँदेखि पाँच हजार दुई सय रूपैयाँसम्मका लुगा पाइन्छन्।

साइज, डिजाइन र लुगाको गुणस्तर अनुसार मूल्य किफायती रहेको अर्का सञ्चालक अजयले बताए।

‘हाम्रो आफ्नै कारखानामा ठूलो संख्यामा उत्पादन गर्दा मूल्य किफायती परेको हो,’ उनले भने।

यसको कारखाना बुढानीलकण्ठमा छ। कारखाना र पसलमा गरेर उनीहरूले ४५ जनालाई रोजगारी दिएका छन्।

जोमोका सबै काम निशा र अजय दुवै जना मिलेर हेर्छन्।

यसको अवधारणा भने निशाको हो।

पाँच वर्षअघि उनी लुगाकै एक कम्पनीमा काम गर्थिन्। त्यहाँ पनि व्यवसाय राम्रो थियो। कपडाहरू लगाउँदै निशा भिडिओ बनाउँथिन् र सामाजिक सञ्जालमा राख्थिन्।

केही समय यसरी काम गरेको अनुभवपछि उनी आफैले व्यवसाय गर्ने सोचिन्। तर उनीसँग लगानी थिएन। त्यसैले लगानी सहित सहकार्य गर्ने मान्छे खोजिन्। त्यही क्रममा चिनजानका दाइले अजयसँग भेट गराइदिए।

jomo-womens-wear4-1764429665.jpg
jomo-womens-wear5-1764429665.jpg

आठ वर्ष अस्ट्रेलिया बसेर आएका अजय बुढानीलकण्ठमा कपडा उद्योग चलाउँथे। उनको क्याफे पनि छ।

अजयको कारखानाबाट उत्पादित लुगा उनका भाइले एक ब्रान्डमा बेचिरहेका थिए। उत्पादन क्षमता बढी भएकाले अरू ब्रान्डका लागि पनि लुगा उत्पादन गर्ने योजना थियो। 

त्यही बेला उनको निशासँग भेट भयो। अजयले सुरूमा चार लाख रूपैयाँ बराबरको लुगा निशाका लागि तयार गरिदिने भए। निशाले किस्तामा रकम तिर्ने सम्झौता गरिन्।

२०७८ असारमा जोमोका पहिलो उत्पादन सर्ट र स्वेटसर्ट तयार भए। निशाले ती लुगा कलंकीस्थित आफ्नै कोठामा लगिन् र त्यहीँबाट प्रचार–प्रसार गरिन्।

‘पहिले पनि लुगाको मार्केटिङ गरिरहेकाले गाह्रो भएन,’ निशाले भनिन्, ‘पुरानो ब्रान्डबाट पनि धेरैले चिनिसकेका थिए। उत्पादन बेच्न सक्छु भन्ने थियो।’

नभन्दै निशाले छोटो समयमै सबै लुगा बेचिन्। उनको व्यावसायिक शैलीले अजयलाई पनि तान्यो। अनि दुवैले लगानी बढाएर सहकार्य गर्ने सोचे।

कोरोना महामहामारीपछि अरू अनलाइन व्यवसायझैं जोमो पनि चम्कियो।

लुगाले कोठा भरिएपछि उनीहरूले ललितपुरको सानेपामा पसल खोले जुन राम्रो चल्यो। दुई महिनाअघि भने जोमो बालुवाटार सरेको छ।

‘छोटो समयमै राम्रो प्रतिक्रिया पाएका छौं,’ निशा र अजय दुवैले भने, ‘आगामी दिनमा जोमोलाई विभिन्न सहरमा पुर्‍याउने लक्ष्य छ। त्यही अनुसार काम गर्दैछौं।’

jomo-womens-wear6-1764429666.jpg
jomo-womens-wear7-1764429666.jpg
jomo-womens-wear1-1764429665.jpg
jomo-womens-wear9-1764429667.jpg

साभार : सेतोपाटी डटकम, सविना कार्की, २०८२ मंसिर १४, आइतबार

Purwanchal.com
Purwanchal.com
Articles: 42

Leave a Reply

Your email address will not be published. Required fields are marked *